राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ ।
आइतबार उनीहरूलाई सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया पुर्याउनका लागि लगिएको हो । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा लैजाने बताइएको छ।
थुनुवाको पोसाकमा रहेका रवीन्द्र मिश्रलाई हतकडी लगाइएको छ । धवल शमशेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।







प्रकाशित: १७ चैत्र २०८१ १७:४७ आइतबार





