२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ३:३२ पूर्वाह्न
समाज

चैतेदसैँका लागि त्रिशूली देवी मन्दिर खुला

जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर चैतदसैँका आजदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।

यो मन्दिर प्रत्येक वर्ष असोज र चैतदसैँका बेला दुईपटक मात्रै खुला गरिन्छ । मन्दिरका पुजारी उपेन्द्र पाठकले त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि आजदेखि मन्दिर खुला गरिएको र दर्शनार्थीको भीड लागेको बताए।

उक्त मन्दिरमा महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । दसैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनहरु पुनःवर्षभरि माताको मन्दिर खुल्ने प्रतिक्षा गर्नुपर्ने हुन्छ । त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास छ ।  

प्रकाशित: १७ चैत्र २०८१ १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App