२० चैत्र २०८१ बुधबार
image/svg+xml २१:२७ अपराह्न
समाज

निर्मलनिवासमा हुलाकबाट पठाइयो जरिवानापत्र

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार गरेपछि हुलाबाट पठाइएको छ।  

आइतबार बिहान महानगरको नगरप्रहरी टोली उक्त पत्र लिएर निर्मलनिवास गेटमा पुगेको थियो । तर, उनीहरूलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका थिए।

त्यसपछि महानगरले हुलाकबाट जरिवानाको पत्र निर्मलनिवास पठाएको हो।

गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।

प्रकाशित: १७ चैत्र २०८१ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App