२१ चैत्र २०८१ बिहीबार
image/svg+xml १:२ पूर्वाह्न
समाज

घिसिङ र शाक्यको मुद्दा हेर्न नमिल्नेमा

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका वर्तामान र निःवर्तमान कार्यकारी निर्देशकले दायर गरेको मुद्दा हेर्न नमिल्नेमा राखेको छ।

आइतबार सर्वोच्चका प्रधानन्यायधीश प्रकाशमान सिंह राउत र न्यायधीश शारङ्गा सुवेदीको सयुक्त इजलासले दुवैको मुद्दा हेर्न नभ्याइनेमा राखेको हो।

बिहीबार सर्वोच्च अदालतमा विद्युत् प्राधिकरणबाट बर्खास्तीमा परेका कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त हितेन्द्र देव शाक्य दुवैको रिट निवेदन दर्ता भएको थियो।

आफूलाई अन्याय भएको भनि कुलमानले बुधबार अबेर पेस गरेको रिट सर्वोच्चले बिहीबार मात्र दर्ता गरेको थियो। कुलमान सर्वोच्च पुगे लगत्तै हितेन्द्रदेव शाक्य पनि सर्वोच्च पुगेका थिए। चार वर्षअघि आफूलाई अन्यायपूर्वक पदबाट हटाएको र अदालत आउँदा समेत न्याय नपाएको तथा उक्त अवधिको सेवा सुविधा पाउनुपर्ने दाबी शाक्यले गरेका छन्।

प्रकाशित: १७ चैत्र २०८१ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App