२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ३:५७ पूर्वाह्न
समाज

नागार्जुनमा खसीबोका बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

नागार्जुन नगरपालिका–८ मा शनिबार राति खसीबोका बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। टाटाको प्र ३–०१–०२४ च ८३२२ नम्बरको गाडी सडकबाट चार सय मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार धादिङबाट काठमाडौँ आउँदै गरेको गाडी अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको हो। मृतक गोरखाको भिमसेन–४ का ५० वर्षीय गोकुल पाण्डे हुन्। 

गोरखाकै चालक ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीया रामजी भट्ट घाइते भएका छन्। मियाको मनमोहन अस्पताल र भट्टको भिमढुंगा मेडिकलमा उपचार भइरहेको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १७ चैत्र २०८१ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App