२० चैत्र २०८१ बुधबार
image/svg+xml २१:२१ अपराह्न
समाज

आँबुखैरेनीमा तीव्र गतिमा सडक स्तरोन्नति : तीन ग्रामीण बाटो अन्तिम चरणमा

तनहुँको आँबुखैरेनी गाउँपालिकामा तीनवटा ग्रामीण सडकको स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ। यी सडकहरूको निर्माण अन्तिम चरणमा पुगेको छ।  

आँबुखैरेनी गाउँपालिका–५ को भकुण्डी–बरालुङबेँसी सडक र लाब्दी–घुमाउने सडक तथा वडा नम्बर ३ को आँबु सडकको स्तरोन्नति कार्य जारी छ। यी परियोजनाका लागि कुल ९१ लाख ३८ हजार २१२ रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए। भकुण्डी–बरालुङबेँसी सडकका लागि स्थानीयले १ लाख ६३ हजार ८२४ रुपैयाँ योगदान गरेका छन् भने लाब्दी–घुमाउने सडकमा ७ लाख ७५ हजार ६५७ रुपैयाँ र आँबु सडकमा ५४ हजार ३८८ रुपैयाँ स्थानीय सहयोग जुटेको छ।  

आँबु सडकको स्तरोन्नति ५ लाख ३४ हजार ३८८ रुपैयाँको लागतमा भइरहेको छ। यी तीनवटै सडकको काम आगामी असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। रासस

प्रकाशित: १७ चैत्र २०८१ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App