तीनकुनेमा भएको झडपका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँस उल्टै प्रहरीतर्फ फर्किएको छ। प्रदर्शनकारीहरूले ती ग्यासका सिलिन्डर समातेर ‘ब्याकफायर’ गरेपछि स्थिति झन् तनावग्रस्त छ।
प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीहरूले अश्रुग्याँस प्रयोग गरेका थिए। तर, केही आक्रोशित प्रदर्शनकारीहरूले ती सिलिन्डर उठाएर प्रहरीमाथि नै फालेका हुन्।
प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन्।
हेर्नुहोस तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक








प्रकाशित: १५ चैत्र २०८१ १५:०६ शुक्रबार