राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार ज्ञानेन्द्र शाहीले एकताबद्ध भएर अघि बढ्न जिल्लाका उम्मेदवारहरूलाई आह्वान गरेका छन्।
फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै उनले आफ्नो उम्मेदवारी कुनै दल र पार्टीविरुद्ध नभएको भन्दै सौहाद्रपूर्ण प्रतिस्पर्धा गर्न आह्वान गरेका हुन्।
सबैले आपसमा बाझिएरभन्दा एकजुट भएर जुम्ली जनताको आशीर्वाद लिनुपर्ने उनको भनाइ छ। 'मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्ध होइन। मेरो उम्मेदवारी त केन्द्र सत्ताले सधैं जुम्लाका जनप्रतिनिधिलाई सम्झिने र गर्ने दास व्यवहारविरुद्ध हो,' उनले भनेका छन्, 'एउटै टेबलमा र एउटै कपमा चिया खाएर जुम्ली जनताको आशीर्वाद ग्रहण गर्नु नै हाम्रो परम कर्तव्य हो। त्यसरी प्रजातान्त्रिक प्रक्रियालाई अभ्यास गर्ने चुनावी माहौलमा होमिनु पर्छ।'
यो पनि पढ्नुहोस्
ज्ञानेन्द्र शाहीमाथि झुटको राजनीति गरेको आरोप
यसअघि शाहीले मतदातामा भ्रम फैलाएर भोट मागिरहेको भन्दै जुम्लाकी रास्वपा उम्मेदवार विनिता कठायतले आपत्ति जनाएकी थिइन्। हिजो पत्रकार सम्मेलन गर्दै कठायतले बालेन साह र रवि लामिछानेको लठ्ठी समातेर शाहीले चुनाव जित्न खोजेको आरोप लगाएकी थिइन्।
प्रकाशित: २२ माघ २०८२ १३:३६ बिहीबार





