१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

तीनकुनेमा राजावादीले गरे स्थानीयको घर तोडफोड

काठमाडौंको तीनकुनेमा राजावादीहरूले स्थानीयको घर तोडफोड गरेका छन्।

तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस प्रहार गरेको थियो।

तीनकुनेका तीन जना स्थानीयका घरमा तोडफोड भएको छ।

ती घरमा बसेर प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले ती घर तोडफोड गरेका हुन्। ती घरका घरधनीहरू को-को हुन् खुलिसकेको छैन भने तोडफोडमा संलग्नको पनि पहिचान भएको छैन।

प्रकाशित: १५ चैत्र २०८१ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App