१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

युवा सङ्घको महाधिवेशनको मिति तोकियो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशनको मिति तोकिएको छ।

सङ्घको पदाधिकारी बैठकले आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए। महाधिवेशनका लागि सङ्घका अध्यक्ष थेवेको संयोजकत्वमा ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। महाधिवेशनले आगामी दुई वर्षका लागि १५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।

एमालेको जनसङ्गठनको महाधिवेशन आगामी जेठ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिइसकेको छ। अहिलेसम्म प्रेस चौतारी नेपाल र राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको महाधिवेशन सम्पन्न भइसकेका छन्। 

प्रकाशित: १५ चैत्र २०८१ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App