१८ चैत्र २०८१ सोमबार
image/svg+xml ७:४२ पूर्वाह्न
समाज

उत्कृष्ट कार्य सम्पादन गर्ने ताप्लेजुङ प्रहरी प्रमुखसहित कर्मचारी पुरस्कृत

कोशी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलसहित प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख (डिआईजी) राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण तथा अनुगमनसंगै उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारी तथा प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन्। डिआईजी अधिकारीले जिल्ला प्रहरी प्रमुख रावल तथा दुर्गम क्षेत्रका प्रहरी इकाइहरूमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। 

डिआईजी अधिकारीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण समेत गर्दै कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन समेत दिएका छन्। निर्देशनका क्रममा अधिकारीले आचरण तथा व्यवहारमा सुधार ल्याई आपसी भाइचारा तथा सहयोगी भावनाको साथ आफ्नो काम कर्तव्य र जम्मेवारीलाई सदैव प्राथमिकतामा राखी काम गर्न प्रहरी कर्मचारीलाई भनेका छन्।

उनले संगठनको हित र उद्देश्यलाई सर्वोपरी ठानी शरीरको अंग मुटु जस्तै विश्राम नलिईकन प्रहरीले नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्नुपर्ने बताएका छन्। धार्मिक र पर्यटकिय क्षेत्रहरू भएको हिमाली जिल्ला ताप्लेजुङमा लामो तथा छोटो दूरीको गस्ती परिचालन गरी शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै सचेतनामूलक कार्यक्रम संचालन गरी समाजमा हुने विभिन्न प्रकारका अपराधका घटनाहरूलाई निरुत्साहित गर्न प्रतिबद्ध भई परिचालित हुन समेत उनले निर्देशन दिएका छन्।

उनले ‘दुर्जनको लागि डर र सज्जनको लागि भर’ भई उच्च मनोबलका साथ प्रहरी सेवाको पहुँच पुर्याउन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

प्रकाशित: १४ चैत्र २०८१ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App