१७ चैत्र २०८१ आइतबार
image/svg+xml ११:१२ पूर्वाह्न
समाज

अर्घाखाँची बस दुर्घटना: मृतक चारै जनाको पहिचान खुल्यो

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा ज्यान गुमाएका चारै जनाको पहिचान खुलेको छ।

दुर्घटनामा तीन महिला र एक पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीया सासु आमा (नाम नखुलेको) र पश्चिम बर्दघाटका ५० वर्षीय बस चालक मदन कुमार विक रहेका छन्।

शितगंगा नगरपालिका–२, भुवनपाटामा मंगलबार भएको दुर्घटनामा २७ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ठाडाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

दुर्घटनामा परेको लु २ ख ३०३ नम्बरको बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि आएको थियो। फर्किने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गम्भीर घाइते सात जनालाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ। उनीहरूमा नवलपरासी पश्चिम बर्दघाट–१२ का ३६ वर्षीय सन्तोष कडेंल, ४ वर्षीय अमर कडेंल, १९ वर्षीय अरुण भट्टराई, ३१ वर्षीय आशिष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी र १४ वर्षीय आयान्स अधिकारी रहेका छन्।

त्यस्तै, अन्य घाइतेहरूको प्राथमिक उपचार केन्द्र ठाडामा उपचार भइरहेको छ। उपचाररत घाइतेहरूमा ४० वर्षीया चन्द्रकला भट्टराई, रुपन्देहीको देवदह निवासी १७ वर्षीय सक्षम चापागाईं, बर्दघाट–१५ का ४५ वर्षीय मित्रबन्दु अधिकारी, बर्दघाट–१४ का ५५ वर्षीय कलम सापकोटा, ४८ वर्षीय लक्ष्मण पंगेनी, ४० वर्षीया मनकुमारी घिमिरे, २९ वर्षीय दीपक अधिकारी, बुटवल निवासी ५० वर्षीय दण्डपानी बस्याल, बर्दघाट–१४ की ३६ वर्षीया झविकला पाण्डे, बुटवल निवासी २५ वर्षीय गणेश बस्याल, बुटवल उपमहानगरपालिका–१३ का ३२ वर्षीय रामु अधिकारी रहेका छन्।

अन्य केही घाइतेहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी प्राथमिक उपचार केन्द्र ठाडा तथा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिए।

प्रकाशित: १३ चैत्र २०८१ २०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App