१७ चैत्र २०८१ आइतबार
image/svg+xml १०:१९ पूर्वाह्न
समाज

एक सय ५० किलो लागूऔषध गाँजासहित चार जना पक्राउ

बारा प्रहरीले लागुऔषध गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ।

गाँजासहित पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका २२ चक्री टोलका बुद्ध,  घलान, जितपुरसिमरा उपमहानगरपालिका ८ का नन्दकिशोर सहनी, बिर बहादुर डम्वा, मकवानपुर हेटौडा उपमहानगरपालिका.१५ रातोमटीका सोमलाल पाख्रीन रहेको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताएका छन्।

भरियालाई प्रयोग गरेर लागुऔषध गाँजा ल्याउँदै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज पर्साको संयुक्त रुपमा खटिएको टोली चारै जनालाई एक सय ५० किलो गाँजा सहित पक्राउ गर्न सफल भएको उनले बताए।

रतनपुरीबाट खोलाको बाटो हुँदै ल्याउँदै गरेको गाँजासहित भरियाहरूलाई प्रहरीको टोलीले मंगलबार रातीको समयमा जितपुर सिमरा. उपमहानगरपालिका ४ औराहा गाउँ भन्दा पूर्व दुधौरा खोलाबाट गाँजासहित भरियाहरूलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तामाङले बताए।

प्रकाशित: १३ चैत्र २०८१ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App