९ वैशाख २०८२ मंगलबार
image/svg+xml
समाज

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जनामाथि कारबाही

गोँगबुको नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क बनाउन आइतबार नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा यो जानकारी दिएको छ। उक्त कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको उल्लेख छ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले देशको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी र मजदुर सबै जिम्मेवार रहेको बताए। उनले भने, ‘सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।’ महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तान्ने र अनावश्यक दुःख दिने काम रोक्नुपर्नेमा जोड दिए। उनले यस्ता गतिविधि नियन्त्रण गर्न सबै पक्ष सक्रिय हुनुपर्ने उनको भनाइ रहेको छ। 

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले निरन्तर काम गरिरहेको उल्लेख गरेका छन्। उनका अनुसार प्रहरीको उपस्थितिले अवस्था सुधार हुँदै गएको छ। प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले यो आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनामाथि मुद्दा चलाइएको पनि बताए। उनले नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट गरेका छन्। 

नयाँ बसपार्कबाट हाल देशका ७० जिल्लामा सार्वजनिक यातायात चल्छ। नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले पछिल्लो समय यहाँ कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्र दिइएको बताए। उनले सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न यात्रुलाई आग्रह समेत गरेका छन्। रासस

प्रकाशित: ११ चैत्र २०८१ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App