१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

गायक कमल र गायिका मेलीनालाई पुत्र लाभ

गायक कमल खत्री र गायिका मेलीना मैनालीलाई पुत्र लाभ भएको छ ।

आइतबार सामाजिक सञ्जाल फेसबुक छोराको तस्बिर राख्दै गायक खत्रीले यो खबर सुनाउन पाउँदा खुसी लागेको बताएका छन्। 

खत्रीले आजको दिन जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्य एक बनेको र बाबु-आमा बन्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न गाह्रो भएको बताएका छन्।

खत्रीले यो समयमा सहयोग गर्ने सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद पनि भनेका छन्। माया, आशीर्वाद, र हौसला दिने सबैमा धन्यवाद दिएका छन्।

कमल र मेलीना २०७९ असोज १६ गते वैवाहिक बन्धनमा बाँधिएका थिए ।

प्रकाशित: १० चैत्र २०८१ १७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App