११ चैत्र २०८१ सोमबार
image/svg+xml १४:१६ अपराह्न
समाज

खोटाङमा छुट्टाछुट्टै घटनामा एक शिशु र एक महिलाको मृत्यु

खोटाङमा छुट्टाछुट्टै घटनामा एक शिशु र एक महिलाको ज्यान गएको छ। घरको बरण्डाबाट लडेर शिशुको मृत्यु भएको छ भने चट्याङको झट्काले ४५ वर्षीया महिलाको निधन भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१७ बिजयखर्क बसेरीका अशोक पोखरेलकी २ वर्षीया छोरी बुधबार साँझ दिक्तेल बजारको रत्नपार्कस्थित डेरामा बरण्डाबाट लडेर गम्भीर घाइते भएकी थिइन्।

मानकुमारी राईको घरमा डेरा बस्दै आएका पोखरेल परिवारले घाइते शिशुलाई तत्काल जिल्ला अस्पताल पुर्‍याएका थिए। तर, त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लैजाँदै गर्दा शनिबार बिहान बाटोमै शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

यस्तै, शनिबार बिहानै केपिलासगढी गाउँपालिका–७ सुङदेलकी ४५ वर्षीया दिलकुमारी राईलाई चट्याङ लागेर उनको मृत्यु भएको छ। बिहान ४:३५ बजे वर्षासँगै परेको चट्याङले घरको आँगनमा सामान उठाउँदै गरेकी राईको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै छ।

 

 

 

खोटाङमा छुट्टाछुट्टै कारणले एक शिशुसहित दुईजनाको निधन भएको छ । घरको बरण्डाबाट लडेर शिशुको मृत्यु भएको हो भने चट्याङको झट्काले लागेर महिलाको निधन भएको हो । 


 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १७ बिजयखर्क बसेरी स्थायी घर भई सदरमुकाम दिक्तेल बजार रत्नपार्कस्थित मानकुमारी राईको घरमा डेरा लिएर बस्दै आएका अशोक पोखरेलकी २ वर्षीया  छोरी बुधबार साँझ बरण्डाबाट लडेर गम्भीर घाइते भएकी थिईन् । र्घाइते शिशुलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल भर्ना गरिएको थियो । 


 

तर, त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि काठमाडौ लादैगर्दा शनिबार विहान बीच बाटोमै शिशुको निधन भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 


 

त्यसैगरी शनिबार विहान नै चट्याङको झट्का लागेर जिल्लाको केपिलासगढी गाउपालिका ७ सुङदेलकी ४५ वर्षीया दिलकुमारी राईको निधन भएको छ । विहान वर्षासँगै परेको चट्याङले घरको आँगनमा सामान उठाउदै गरेकी राईको घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ । 


 

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मोहन पोख्रेलका अनुसार विहान ४.३५ बजेको समयमा परेको चट्याङ लागेर राईको निधन भएको हो । मृतकको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित: ९ चैत्र २०८१ १९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App