१४ माघ २०८२ बुधबार
image/svg+xml
समाज

लिमचुङबुङ सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा राई

जिल्लाको लिमचुङबुङ गाउँपालिकाको सांस्कृतिक प्रतिष्ठान अध्यक्षमा विश्वराम राई नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष राईले शुक्रबार (आज) देखि कार्यभार सम्हालेका छन्।  

गत फागुन १८ गते बसेको १३औँ कार्यपालिका बैठकले राईलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। अध्यक्ष राईलाई गाउँपालिका अध्यक्ष मेजरकुमार राईले पद तथा गोपनीयताको सपथ खुवाएका छन्।

पदभार सम्हालेपछि अध्यक्ष राईले लिमचुङबुङलाई सांस्कृतिक पाटोबाट संसारभर चिनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

‘लिमचुङबुङ संस्कृति प्रतिष्ठान ऐन ०८१’ पारित गरेर गाउँपालिकाले ११ सदस्यीय प्रतिष्ठान गठन गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईका अनुसार बाँकी सदस्य चित्रकला, मूर्तिकला, ललितकला, भाषाविज्ञ, साहित्यिक र संस्कृतिसँग सम्बन्धित व्यक्तिलाई चयन गरिनेछ।

ऐनअनुसार कला, साहित्य, भाषा, संस्कार, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकास गर्ने उद्देश्यले प्रतिष्ठान गठन गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ८ चैत्र २०८१ २०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App