१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

महिलाको आर्थिक सशक्तीकरणको लागि ‘रिङ द बेल’ अभियान

नेपालमा महिला आर्थिक सशक्तीकरणको लागि ‘रिङ द बेल’ अभियान सुरु गरिएको छ। शुक्रबार घण्टी बजाएर अभियान सुरु गरिएको हो। रिङ दि बेल महिलाको आर्थिक सशक्तीकरणको लागि समावेशी अर्थतन्त्रको सुनिश्चित गर्न खबरदारी गर्ने अभियान हो।

कार्यक्रमको अवसरमा युएन वुमन नेपालकी प्रतिनिधि प्याट्रसिया फर्नान्डेज पाचेकोले रिङ द बेल खबरदारी मात्र नभएर महिलाको आर्थिक  सशक्तीकरण जस्तो गम्भीर मुद्दा सुनिश्चित गर्न एक हुने अवसर भएको बताइन ।

उनले भनिन, ‘महिलाहरूले सामना गरिरहेका अवरोधलाई उनीहरूको आर्थिक पहुँचमा टेवा पु¥याउनु भनेको न्यायको कुरा मात्र नभई सबैको विकास र नवप्रवर्तन र अवसरको ढोका खोल्नु हो ।’

सोही क्रममा नेपाल स्टक एक्सचेन्जका अध्यक्ष  तथा अर्थ मन्त्रालयका उप–सचिव शोभाकान्त पौडेलले नेपालका महिलाहरूको राजनीतिक सहभागितामा प्रगति भएपनि आर्थिक क्षेत्रमा प्रगति हुन नसकेकोले थप प्रयास आवश्यक रहेको बताए। ‘महिलाहरूलाई बैक तथा वित्तीय क्षेत्रमा सहभागिता र आर्थिक अवसरहरू बढाउनको लागि प्रविधि, अर्थ व्यवसाय र आर्थिक साक्षरता सबै कुरालाई सँगै सम्बोधन गर्नु पर्छ’ उनले भने ।

सोही क्रममा नेपालको लागि फिनल्यान्डकी राजदूत रिना रिक्का हिक्काले नेपालका महिला उद्यमी तथा व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गरिन । उनले नेपाली महिलाको आर्थिक विकासको लागि सक्दो रुपमा डिजिटल खाडललाई कम गर्ने, महिला उद्यमीलाई सहयोग गर्ने र समावेशी आर्थिक प्रणालीलाई प्रवर्द्धन गर्दै नेपालमा लैगिक समता विकास गर्न फिनल्यान्ड प्रतिबद्ध रहेको बताइन ।

अन्तर्राष्ट्रिय वित्त निगमका राष्ट्रिय अधिकृत निर्मल दाहालले महिलाहरूको आर्थिक सहभागिताको लागि निजी क्षेत्रले गरेको पहलको बारेमा बताए । निजी क्षेत्रले ‘महिलाहरु बोर्ड र व्यापारिक नेतृत्व’ कार्यक्रम मार्फत निर्णय तहसम्म पुग्नको लागि परेका बाधा हटाउन विभिन्न काम गरेको बताए । कार्यक्रममा वक्ता तथा प्यानलिष्टहरुले महिला आर्थिक सशक्तीकरणको चुनौती, रणनीति र आगामी कार्यदिशाको बारेमा चर्चा गरे । 

प्रकाशित: ८ चैत्र २०८१ १५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App