कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा कर्णाली प्रदेश सरकारले अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरेको छ । प्रदेश भित्रने र बाहिरिने सवारी साधनहरु डिजिटल प्रविधि स्वचालित नम्बर पिलेट पहिचान गर्ने सिसी क्यामरा जोडिएको हो
क्यामेरा जोडिएसँगै प्रहरीहरू सडकमा आउनुपर्ने र सवारी साधनहरु रोकेर नम्बर दर्ता गर्नुपर्ने झन्झट हटेको छ । अत्याधुनिक सिसी क्यामराले गाडीको नम्बरसहितको आवश्यक विवरणहरू कम्प्युटरमा लिपिबद्ध हुनेछ । जसले गर्दा अव बबई नाकामा गाडीहरू नरोकिन जाने आउने गर्दछन् । दुई वटा अत्याधुनिक क्यामरासहित अन्य प्रविधिको ९ लाख ७५ हजार र क्यामरा कन्ट्रोल गर्ने भवनको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई प्रदेश प्रहरी कार्यालयलाई १० लाखभित्र बनाउन बजेट दिएको थियो ।
कर्णाली प्रदेशका मुख्य मन्त्री यामलाल कँडेलले उद्घाटन गरेका हुन् । कर्णाली छिर्ने नाकामा क्यामरा जडानले सुरक्षित यात्रा र प्रहरीहरू प्रविधिमैत्री भएको मुख्यमन्त्री कँडेलले बताए । उद्घाटन कार्यक्रममा कानुन मन्त्रालयका सचिव पुष्पराज शाही, प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख, भेरीगंगा नगरपालिकाका(कावा) नगर प्रमुख, ट्राफिक प्रदेश र जिल्ला प्रमुखहरू, स्थानीय अगुवाहरू सहभागी थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले भवन र स्वचालित नम्बर पिलेट पहिचान गर्ने सिसी क्यामरासहितको सामाग्री जोडेको हो ।
प्रकाशित: ८ चैत्र २०८१ १३:५३ शुक्रबार