६ चैत्र २०८१ बुधबार
image/svg+xml ५:१९ पूर्वाह्न
समाज

२५ करोड रुपैयाँ बराबरको डलर र युरोको मालिक को हो ?

काठमाडौंको टोखाबाट गएराति ठूलो परिमाणमा विदेशी मुद्रासहित सिन्धुपाल्चोकका फुच्चे भनिने कुशाङ लामा पक्राउ परे। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ नम्बरको ट्रक र त्यसभित्र लुकाएर राखेको अमेरिकी डलर र युरोसहित लामालाई पक्राउ गरेको हो। लामासँग बरामद भएको डलर र युरोको नेपाली सटही रकम २५ करोडभन्दा बढी रुपैयाँ हुन आउँछ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा लामा उक्त रकमका भरिया मात्रै रहेको खुलेको छ। उनी भरिया भनिएपछि प्रश्न उठ्छ त्यो रकमको असली मालिक को हो ? र, कुन प्रयोजनका लागि उक्त रकम हिँडाइएको थियो। प्रहरी यी दुवै प्रश्नमा निरुत्तर छ। जवाफमा विस्तृत अनुसन्धानपछि खुल्ने रेडिमेट उत्तर दिइरहेको छ।

प्रहरीको ट्रयाक रेकर्डमा पक्राउ परेका लामा पाँचवर्ष जेल विताइसकेका पात्र देखिन्छन्। उनी यसअघि पनि ७ किलो सुनसहित पक्राउ परेका थिए। पाँचवर्ष जेल सजाय भुक्तान गरेर २०७८ सालमा उनी छुटेका देखिन्छन्। सात किलो सुन ओसारपसार परेको त्यो प्रकरणमा पनि उनी भरिया मात्रै रहेको प्रहरीले जनाएको थियो। उक्त सुनका मालिक को थिए रु त्यो विषय पनि अहिलेसम्म पत्ता लागेको छैन।

यही कारण प्रहरीले अहिले फेला परेको विदेशी मुद्रा पनि सुन तस्करी गिरोहकै रहेको अनुमान लगाएको छ। प्रहरीले पाएको सुराँकी सूचना पनि उक्त मुद्रा रसुवा नाका हुँदै चीनतर्फ जाँदैथियो। यसर्थ उक्त रकम चीनबाट अवैध तस्करी हुने सुनका लागि जान लागेको प्रहरीको दाबी छ।

अब यति ठुलो मात्रामा विदेशी मुद्रा गिरोहले कहाँ र कसरी जम्मा पा¥यो रु भन्ने अर्को प्रश्न पनि उब्जिएको छ। यो यसैपटक मात्रै गरियो वा सधैँभरीको धन्दा हो ? त्यो अर्को अनुसन्धानको विषय प्रहरीका लागि हुनेछ।

यी प्रश्नको उत्तर प्रहरीले कसरी खोज्छ ? यसका लागि भने अझै केही समय पर्खनै पर्नेछ । तर, यो घटनाले नेपाल सुन तस्करहरुको अखडा बनेको अर्को दृष्टान्त सतहमा ल्याएको छ। 

प्रकाशित: ५ चैत्र २०८१ १८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App