गत असोज ३ गतेबाट सञ्चालनमा आएको धरहराबाट २ करोड ३७ लाख राजस्व संकलन भएको छ।
मंगलबार शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वित्तिय प्रगति सार्वजनिक कार्यक्रममा यस्तो जानकारी गराइको हो ।
मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।
प्रकाशित: ५ चैत्र २०८१ १२:१८ मंगलबार