१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडीबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्मीप्रसाद उपाध्याय रहेका छन्।

गए राति ११ बजेको समयमा वीरेन्द्रनगर–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट सडकमा हामफाल्दा उनी घाइते भएका थिए। घाइते उपाध्यायलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।

प्रकाशित: १ चैत्र २०८१ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App