कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले परम्परागत रूपमा मनाइने ‘होल्का डुङग्ना’ विधिबाट होली पर्वको सुरुवात गरेका छन्।
बिहीबार साँझ गाउँको छेउमा गुरुवाले तान्त्रिक विधिबाट पूजा गरी शुद्ध बनाएको आगो लट्ठीमा राखिएको गुइँठा जलाएर घर-घरमा लैजाने परम्परा छ। थारु समुदायमा यस प्रक्रियालाई ‘होल्का डुङग्ना’ भनिन्छ।
यस परम्पराअन्तर्गत पुरानो आगोलाई हटाएर गन्यारी काठबाट बालेको शुद्ध आगो घरभित्र भित्र्याउने चलन रहिआएको छ। यसरी नयाँ आगो भित्र्याएपछि घर र वातावरण शुद्ध हुने विश्वास गरिन्छ।
प्रकाशित: २९ फाल्गुन २०८१ २२:०३ बिहीबार