हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडक किनारमा बेवारिसे अवस्थामा प्रेसर कुकर भेटिएको छ।
सडक अगाडि बिजुलीको पोलछेउमा उक्त प्रेसर कुकर देखिएपछि खतराजन्य वस्तु हुनसक्ने आशंकामा स्थानीयले प्रहरीलई खबर गरेका थिए।
हाल घटनास्थलमा प्रहरी र नेपाली सेनाको टोली पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार प्रेसर कुकरमा बम हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको हो।
यो पनि पढ्नुहोस्
हेटौंडामा भेटिएको शंकास्पद प्रेसर कुकरमा भेटिएन विस्फोटक पदार्थप्रकाशित: २९ फाल्गुन २०८१ २१:०६ बिहीबार