होली पर्वलाई लक्षित गर्दै प्रहरीले काठमाडौं उपत्यकामा विशेष चेकिङ सञ्चालन गरेको छ।
सोही क्रममा बिहीबार दिउँसो ३ बजेसम्म २५३ सवारीसाधन नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।
प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानबाट १९५, ललितपुरबाट १७ र भक्तपुरबाट ४१ सवारीसाधन नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये २३० वटा दुई पांग्रे र २३ वटा चार पांग्रे रहेका छन्।
प्रकाशित: २९ फाल्गुन २०८१ १६:०२ बिहीबार