मध्यपुर थिमि नगरपालिका वडा नं.३ गठ्ठाघर चोकमा बुधबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८८४ नं.को ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका वडा नं ६ बस्ने वर्ष ३६ को श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट घाइते भई उपचारको लागि भक्तपुर ईन्टरनेशनल अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं.६ घर भई हाल भक्तपुरकै मध्यपुर थिमि नगरपालिका वडा नं ३ साँगबारी बस्ने वर्ष ४७ को चन्द्रलाल शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित: २८ फाल्गुन २०८१ १७:१२ बुधबार