२० चैत्र २०८१ बुधबार
image/svg+xml १८:२३ अपराह्न
समाज

बुद्ध परिपथको प्रचार गर्न ७ सदस्यीय टोली अमेरिका प्रस्थान

३ जिल्लामा रहेका बुद्ध परिपथको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि कपिलवस्तुसहित ४ पालिकाको ७ सदस्यीय टोली अमेरिका प्रस्थान गरेका छन । कपिलवस्तु नगरपालिका, देवदह नगरपालिका लुम्बिनी सांस्कृतिक नगरपालिका र रामग्राम नगरपालिकाका ७ सदस्यीय टोली आइतबार अमेरिक प्रस्थान गरेका हुन्। 

अमेरिकको टेक्साससहित अमेरिकामा रहेका बिभिन्न शहरमा उनीहरूको भ्रमण केन्द्रित रहने छ। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, देव दह नगरपालिकाका मेयर बुद्ध प्रसाद खरेल, रामग्राम नगरपालिका मेयर धनपत यादव, तिलोत्तमा नगरपालिका रूपन्देहीका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल उपसचिव राम प्रसाद ज्ञवाली सांस्कृतिक नगरपालिका रूपन्देहीका लेखा अधिकृत श्री रामचन्द्र अर्याल बुद्ध परिपथ नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछाने अमेरिका प्रस्थान गरेका हुन । टर्की हुँदै टोली अमेरिका पुग्नेछन् । 

कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल ३ जिल्लाका बुद्ध स्थलको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि आफूहरूको यात्रा केन्द्रित रहने बताए । ‘ हामीले बुद्ध परिपथका विषयमा अमेरिकाका समकक्षीसँग भेटघाट गरी दरो रुपमा कुरा राख्ने छौ ’ उनले भने। ३ साता पछि टोलीको नेपाल फर्किने कार्यक्रम छ । 

प्रकाशित: २५ फाल्गुन २०८१ २०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App