१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बोहाेराको हत्या आरोपमा ससुरा र बुहारी पक्राउ

ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँकी ५१ वर्षीय राधा बोहराको हत्या आरोपमा ससुरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।

ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका ६९ वर्षीय शान्त बहादुर खत्री र उनको बुहारी २४ वर्षीय उमा कुमारी खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतक बोहराको फागुन ४ गते घरभित्र शव फेला परेको थियो । घरको बाहिरबाट ताल्चा लगाएको अवस्थामा घाँटीमा सलले बाँसको खामोमा बाँधिएको अवस्थामा महिलाको शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा मृतक महिलाको भिनाजु नाता पर्ने शान्त बहादुर खत्री र उनको बुहारी उमा कुमारी खत्रीको हत्यामा संलग्नता देखिएको प्रहरीको ठहर छ ।

ससुरा र बुहारी दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

फागुन १ गते दिनभरि जङ्गल गई दाउरा ल्याई साँझ ५ बजे छिमेकको बिहेको घर देखिएकी थिइन् । त्यस दिनदेखि दुई तिन दिनसम्म महिला हराउँदा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा घरको बाहिरबाट ताल्चा लगाइएको अवस्थामा घरभित्र शंकास्पद रुपमा महिलाको शव फेला परेको थियो । स्थानीयका अनुसार मृतक महिलाको छोरी वैदेशिक रोजगारमा छिन् । 

प्रकाशित: २२ फाल्गुन २०८१ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App