१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

जबरजस्ती करणी आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्। प्रहरीले मंगलबार उनलाई स्याङजाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको हो।

उनलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

फागुन २ गते जबरजस्ती करणी मुद्दामा पक्राउ गर्न आदेश जारी भएको थियो।

प्रकाशित: २२ फाल्गुन २०८१ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App