१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बर्दियामा मृत अवस्थामा पाटेबाघ फेला

फाइल तस्बिर

मृत अवस्थामा पाटे बाघ फेला परेको छ । गुलरिया नगरपालिका–१२ बिक्री स्थित भवानी सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ मंगलबार बिहान फेला परेको हो ।

बबई सब डिभिजनका कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरूको संयुक्त टोलीले वनको गस्ती गर्ने क्रममा मृत अवस्थामा बाघ फेला परेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राम कुमार चौधरीले बताए ।

‘फेला परेको पाटे बाघ पहिला नै मारेको हो,सडिसकेको अवस्थामा बाघ फेला परेको छ’ सूचना अधिकारी चौधरीले भने,‘राष्ट्रिय प्रकृति संरक्षण कोष र वनको टोली अनुसन्धानको लागि खटिएको छ ।’ अनुसन्धान पछि के कारणले बाघ मरेको खुल्ने सूचना अधिकारी चौधरीले जानकारी दिए ।

प्रकाशित: २० फाल्गुन २०८१ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App