१७ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

सेनाको दुर्गादल गुल्मद्वारा चण्डेश्वर धाम सिद्धिडाँडामा सलामी अर्पण (तस्बिरहरू)

महाशिवरात्रि तथा २६२ औं सेना दिवसका अवसरमा ताप्लेजुङस्थित नेपाली सेनाको दुर्गादल गुल्मले बुधबार चण्डेश्वर धाम सिद्धिडाँडा पुगेर सलामी अर्पण गरेको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय सेवा दल ( एनसिसी) को टोलीले ब्याण्ड बाजा हित मार्चपास गर्दै सिद्धिडाँडा पुगेर सलामी अर्पण गरेको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, दुर्गादल गुल्मका गुल्मपति सेनानी विक्रम खड्का, जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावल, सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश मर्हजन सहितको सहभागिता छ।

ताप्लेजुङस्थित नेपाली सेनाले २०६४ सालदेखि हरेक वर्षको सेना दिवसमा सिद्धिडाँडामा पुगेर सलामी अर्पण गर्दै आइरहेको छ। यसअघिका वर्षमा यो बेला म्याराथनसहितका कार्यक्रम हुने गरेका थिए। अघिल्लो वर्षबाट सेना दिवसको अवसरमा म्याराथनका कार्यक्रम सञ्चालन भएका छैनन।

अघिल्लो वर्ष ताप्लेजुङ पर्यटन महोत्सव तथा म्याराथन कार्यक्रम असोज दोस्रो साता सञ्चालन भएको थियो।

प्रकाशित: १४ फाल्गुन २०८१ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App