चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव सशस्त्र प्रहरीको गोताखोरले आज फेला पारेको छ। नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल फागुन २ गते बिहान करिब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो।
दुर्घटनामा परी हराइरहेका रानको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएकोमा आइतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुलबहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले उनको शव आइतबार बिहान ९ः२५ बजे फेला पारी नदीबाट बाहिर निकालेको हो।
उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौँ जान हिँडेको परिवारका सदस्यहरूले बताएका थिए।
प्रकाशित: ११ फाल्गुन २०८१ ११:२२ आइतबार