ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति भारत सरकारको विदेश मन्त्रालयले दुःख व्यक्त गरेको छ।
मन्त्रालयको साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता रणधीर जयसवालले लम्सालको निधनबाट भारत सरकार दुखी भएको बताए।
'हामी नेपाली छात्रा प्रकृति लम्सालको दुखद् निधनप्रति अत्यन्तै दुखी छौँ। हामी उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्छौँ,' प्रवक्ता जयसवालले भनेको कुरा बीबीसी हिन्दीले लेखेको छ, 'भारत सरकार देशमा रहेका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्छ।'
प्रवक्ता जयसवालका अनुसार घटना सार्वजनिक भएदेखि नै भारतको विदेश मन्त्रालय ओडिशा सरकार र केआईआईटीका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ। नेपाली अधिकारीहरूसँग पनि समन्वय भइरहेको उनले बताए।
गत फागुन ४ गते केआईआईटी विश्वविद्यालयमा बी.टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले रहस्यमय मृत्युवरण गरेकी थिइन् भने अन्य विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो।
प्रकाशित: ९ फाल्गुन २०८१ १९:४३ शुक्रबार