१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ५:३२ पूर्वाह्न
समाज

गुलरियामा स्वस्थ पिउने पानीको अभाव, उपभोक्ता आर्सेनिकयुक्त पानी पिउन बाध्य

फाइल तस्बिर

लामो समयदेखि खानेपानी अभाव झेलिरहेको गुलरियाका नागरिकलाई अझै स्वस्थ खानेपानीको अनिश्चितता बढ्ने देखिएको छ । सरकारी लगानीमा आपूर्ती भईरहेको स्वस्थ खानेपानी आपूर्ती नभएपछि भूमिगत आर्सेनिकयुक्त पानी उपभोग गर्न आमनागरिक बाध्य भईरहेका छन् ।

गुलरियास्थित खानेपानी उपभोक्ता समितिको बेवास्ताले भूमिगत पानीमा उच्च आर्सेनिकको मात्रा देखाए पनि आम उपभोक्ताले भुमिगत पानीमा निर्भर रहँदा स्वास्थ्यको उच्च जोखिममा पर्ने देखिन्छ । गुलरिया नगरमा खानेपानी आपूर्ती झनपछि झन अनिश्चित बन्दै गएको देखिएको छ । बम्बा वा नलको पानीको प्रयोग गर्न परिरहेको स्थानीय उपभोक्ता गुनासो गर्छन । एक वर्ष अघिदेखि खानेपानी आपूर्ती असहज भएपनि ग्राहकबाट मासिक शुल्क खानेपानी उपभोक्ता समितिले असुल गरिरहेको छ ।

गुलरियामा खानेपानी संस्थाले सहज आपूर्ती दिन नसक्दा आम उपभोक्ता मर्कामा परेका छन् । कहिले काहीँ पानी आएपनि दुषित पानी दिँदै आएको खानेपानी सेवा अहिले बन्द जस्तै बनेको छ तर, सरोकारवाला निकाय स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भएको देखिदैन । बेला बेलामा कालो दुषित यूक्त पानी बोतलमा भरेर सामाजिक संजालमा समेत विरोध भईरहेको छ ।

गुलरियास्थित खानेपानी उपभोक्ता समितिले संरचनागत लाखौ लगानी गरेपनि बिभिन्न बहानामा खानेपानी आपूर्ती गर्न नसक्दा ‘सरकारको लगानी बालुवामा पानी’ हाले सरह भएको छ । वर्षौ अघि दैनिकरुपमा बिहान र बेलुका स्वस्थ खानेपानी दिइरहेको पानी दिन नसक्दा अहिले खानेपानी उपभोक्ता समिति कामविहीन बन्दै गएको छ । प्राविधिक समस्याले कहिले काहीँ दुषित पानी सप्लाई हुने गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष मिनराज शर्माले स्वीकारे ।

‘पानी छान्ने मोटर बिग्रदाँ त्यस्तो समस्या देखिन्छ,’ उनले भने, ‘हाम्रो समस्याले त्यस्तो भएको होइन ।’ हुलाकी सडक भत्काएर पाईप बिस्तार गर्न रुकावट आएसम्म खानेपानी समस्याको समाधान गर्न नसकिने अध्यक्ष शर्मा बताउँछन् । ‘पाईप विस्तार गर्न बिभागबाट अनुमति ल्याउँनु पर्छ भनिएको उल्लेख गर्दे विभागले जहिले अनुमति दिन्छ त्यहिँ बेला पाईप विस्तारको काम सम्पन्न भएपछि मात्र खानेपानी सहज आपूर्ती हुने अध्यक्ष शमाको भनाई छ ।

प्रकाशित: ६ फाल्गुन २०८१ १८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App