मंगलबार ताप्लेजुङमा पाथीभरा मन्दिर क्षेत्रमा निर्माण हुने केबलकार निर्माणको पक्ष र विपक्षका कार्यक्रम हुने भएका छन्।
केबलकार निर्माण पक्षधरहरूले सद्भाव र्याली र कोणसभा गर्ने भएका छन् भने केबलकार निर्माणको विपक्षमा रहेका आन्दोलनरत पक्षले पाथीभरा मन्दिरमा क्षमापूजा र मुक्कुमलुङ पदयात्रा सुरु गर्ने भएका छन्।
फागुन ६ गते मंगलबारबाट सुरु हुने पदयात्रा फागुन ८ गते बिहीबार फुङलिङ आइपुग्ने ‘नो केबलकार’ पक्षका नवीन पोमूले जानकारी दिए। पाथीभरा मन्दिरमा गरिने क्षमापूजा भने हरेक दिन बिहान आयोजना गरिने उनले बताए।
प्रकाशित: ६ फाल्गुन २०८१ ०९:३९ मंगलबार