१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेका दुई वर्षीय बालकको मृत्यु

बर्दियामा चितुवाको आक्रमणबाट दुई वर्षीय बालकको मृत्यु भएको छ। मधुवन नगरपालिका वडा न ७ भाट चोकमा शनिबार साँझ करिब आठ बजे घरको आँगनमा खेलिरहेका राप्तीसोनारी गाउँपालिका ५ बस्ने बालक रिहान चलाउनेको मृत्यु भएको हो।

रिहानी आमा रचना चलाउने सानीआमाको घरमा छोरा लिएर आएकी थिइन्। चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा घाउ भएको प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले बताएका छन्।  

साँझ करिब ८ बजे आँगनमा खेलिरहेको बालक एक्कासि हराएको खबर पाएपछि स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरदेखि पाँच सय मिटर दक्षिण पूर्व खेतमा ९ः१५ बजे मृत अवस्थामा फेला परेको उनले बताए।

प्रकाशित: ४ फाल्गुन २०८१ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App