१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कुम्भ मेला गएका पत्रकार केशव कोइराला ६ दिनदेखि बेपत्ता

राजापुर नगरपालिका–६ का पत्रकार केशव कोइराला विगत ६ दिन देखि बेपत्ता भएका छन् । राजापुर एफएमका प्रमुख कोइराला माघ २६ गते देखि भारतको अयोध्याबाट बेपत्ता भएका हुन् ।

१ सय ४४ वर्षपछि लागेको प्रयागराज कुम्भ स्नान गर्न पत्रकार कोइराला माघ २४ गते घरबाट निस्किएको उनकी श्रीमति शोभा कोइरालाले बताइन् । ‘माघ २५ गते कुम्भ स्नान गरी फर्किदा बनारससम्म सम्पर्कमा हुनुहुन्थ्यो,’ शोभाले भनिन्,‘माघ २६ गते अयोध्याको राम मन्दिर दर्शन गर्ने क्रममा रातिबाट बेपत्ता भएको साथमा गएका साथीले जनाएका छन् ।’ उनको खोजतलास गर्दासमेत नभेटिएको साथमा गएका साथीले जवाफ दिएका छन् ।

बेपत्ता पत्रकारको खोजी गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी उपरीक्षक केदार खनालसँग कुरा गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘उहाँहरूले फागुन २ गते (भोली शुक्रबार) काउन्टर पार्टसँगको मिटिङमा कुरा गर्ने जनाउनु भएको छ,’अध्यक्ष घिमिरेले भने,‘थप खोजीको लागि बेपत्ता पत्रकार कोइरालाको श्रीमतिलाई भोली शुक्रबार गुलरिया बोलाएका छौँ ।’ परराष्ट्र मन्त्रालयबाट खोजी कार्यको लागि पहल गर्नेसमेत अध्यक्ष घिमिरेले जनाएका छन् । 

प्रकाशित: १ फाल्गुन २०८१ १८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App