जुवा तास खेलिरहेको अवस्थामा नगदसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–९ स्थित एक होमस्टेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गए राति (बुधबार राति) १ बजे १५ जनालाई पक्राउ गरेको हो ।
बारबर्दिया नगरपालिका–९ निराजन राजवंशीको होमस्टेमा जुवातास खेलिरहेको सूचनाको आधारमा प्रहरी टोली परिचालन भएको जनाइएको छ । जुवा खालबाट नगद रु १ लाख ८२ हजार ६ सय ७०, ठुलो मोबाइल १३ र सानो मोबाइल ७ गरी जम्मा २० वटा मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–९ का होमस्टेका मालिक ३२ वर्षीय निराजन राजवंशी, वडा नम्बर ५ का ४० वर्षीय नवीन कुमार चौधरी, वडा नम्बर २ का ३५ वर्षीय राम प्रसाद थारु, राजापुर नगरपालिका–८ का ४५ वर्षीय वसन्त कुमार शर्मा,वडा नम्बर ७ का ४६ वर्षीय कमल गुरुङ, मधुवन नगरपालिका–९ का ३५ वर्षीय नारायण क्षेत्री, वडा नम्बर ७ का ५२ वर्षीय घनश्याम दवाडी छन् । त्यसैगरि गुलरिया नगरपालिका–१ का ३७ वर्षीय चेतन खनाल, ३५ वर्षीय आशुतोष कुमार यादव, वडा नम्बर ११ का ३२ वर्षीय दुर्जन थारु, वडा नम्बर २ का ४० वर्षीय रवीन्द्र यादव, वडा नम्बर ४ का ३६ वर्षीय नारायण गिरी र वडा नम्बर ७ का ४८ वर्षीय श्याम शर्मा रहेका छन् ।
जिल्ला सुर्खेत पंचपुरी नगरपालिका–७ का ४८ वर्षीय देव बहादुर शाही र सुर्खेत चौकुने गाउँपालिका–८ का ३६ वर्षीय हरिचन्द्र बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।
प्रकाशित: ३० माघ २०८१ १२:३३ बुधबार