१० चैत्र २०८१ आइतबार
image/svg+xml
समाज

गाउँपालिकाले दियो एकल महिलालाई प्रेसर कुकर

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरामा वडाका एक महिला लाई प्रेसर कुकर तथा ज्येष्ठ नागरिक र अति विपन्न नागरिकलाई कम्मल वितरण गरिएको छ ।

वडा कार्यालयले वडाका ८५ जना एकल महिलालाई प्रेसर कुकर तथा ३ सय १० जना नागरिकलाई कम्मल वितरण गरेको हो । 

वडा अध्यक्ष अस्फाक अहमद मुसलमान, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेली, वडा सदस्यहरू हृदयराम यादव, ईनरमती लोध र सर्बवति पासीले लक्षित वडावासीलाई सामाग्री हस्तान्तरण गरेका थिए । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेलीले एकल महिला, ज्येष्ठ नागरिक र विपन्नलाई प्राथमिकतामा राखेर आवश्यकताका आधारमा वडाले यस्तो सामाग्री वितरण गरेर राम्रो काम गरेको बताए ।

वडाका विधवा एकल महिला, ज्येष्ठ नागरिक र अति विपन्न परिवारलाई वडाले प्राथमिकतामा राखेको वडाध्यक्ष असफाक अकमद मुसलमानले बताए । उनले आफ्नो वडाले सुरु देखि नै लक्षित बर्गलाई आवश्यकताका आधारमा यस्ता सामाग्री वितरण गर्दै आएको बताए । वडाले बिकास निर्माणका कार्य सँगै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका कार्यलाई प्राथमिकता दिँदै आएको उनले बताए । प्रेसर कुकर पाए पछि आफूहरूलाई अब खाना पकाउन सहज हुने एकल महिलाले बताएका छन् । 

प्रकाशित: २९ माघ २०८१ १८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App