कपिलवस्तुको तौलिहवा चोरको बिगबिगी बढेको छ । ४ दिन यता लगातार चोरी घटना भइरहेको छ । आँखा अस्पताल र सिद्धार्थ टोलमा गत शनिबार र आइतबार गरी ६ घरमा लाखौँको नगद र गरगहना चोरी भएको थियो । मंगलवार फेरी कपिलवस्तु नगरपालिका वडा नम्बर १ घिमिरे टोलमा एक घर र नगरपालिका वडा नम्बर ३ क्याम्पस टोलको एक घरमा फेरी चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपी घिमिरे टोलका गिरिशचन्द्र दुबे र क्याम्पस टोलका दिलिप दुबेको घरमा मंगलवार राति चोरहरूले ताला फोरेर लाखौँको गह गहना चोरेर लगेका छन् । गत शनिबार चोरहरूले सबि बस्नेत, प्रदीप गिरी, विष्णु प्रसाद चौधरी, बिन्दावति दुबे र सेतो गुरास संस्थामा गरी साढे ३ लाख बढीको चोरी गरेको थिए । यस्तै सोमबार राति अस्ट्रेलियामा गएका गङ्गा बिस्ट र भाडामा बस्ने अर्जुन तिवारीको कोठा फोरेर ५ लाख बढीको नगर र गर गहना लगका थिए ।
चोरहरूको समूहले घरमा कोही नभएको मौका छोपी नगद र गरगहनालाई केन्द्रित गरेर रातिको समयमा चोरी गर्ने गरेका छन् । दसैँ यता चोरहरूले आँखा अस्पताल टोल सिद्धार्थ टोल, तिलौराकोट होटेलको किनारमा रहेको घरहरूको चोरी हुँदै आएका छन् । तौलिहवामा चोरको बिगबिगी बढे पनि प्रहरीले हाल सम्म कसैलाई पक्राउ गर्न नसक्नु दुःख कुरा भएको स्थानीय युवा नेता गोपीकृष्ण शर्माले बताए । ‘सदरमुकाम तौलिहवा नै असुरक्षित हुनु दुःखद कुरा हो ’ उनले भने ‘ प्रहरीले चोरहरूलाई तत्कालै पक्राउ गर्न ठोस कदम चाल्न जरुरी छ ’ उनले भने ।
पीडित गङ्गा बिस्टले लगातार चोरी हुँदा पनि प्रहरी मौन बस्नु दुखद कुरा भएको बताए । उनले चोरको मनोबल झनै बढ्दै गएको बताए । चोरहरू केही दिन यता छोटकी सडक वा, बरन्डीहवा लगायतका ठाउँमा समेत रातिको समयमा आउने गरेको स्थानीय बताउँछन् । चोरहरूका बिगबिगी बढे पछि स्थानीयहरू त्रसित सकेत बनेका छन् । उता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले घटनाको अनुसन्धान र चोरहरूको खोजी कार्य जारी रहेको बताए । उनले आफ्नो घरलाई सुरक्षित राख्न नागरिकहरू समेत आफै सचेत हुनु पर्ने बताए ।
प्रकाशित: २३ माघ २०८१ १४:२७ बुधबार





