सबिन बाँस्कोटा, उमेर मात्र १८ वर्ष । काम भने एउटा अनुभवी र पाका मान्छेको भन्दा अब्बल । कक्षा ११ मा अध्ययनरत । उनी आफैंले बनाएको इलेक्ट्रिक मोटरसाइकल चढेर झण्डै १२ किलोमिटर टाढा बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालय आइजाई गर्छन् । विज्ञान विषय लिएर अध्ययन गरिरहेका सबिनको दिनचर्या औसत नेपालीको भन्दा फरक छैन । झापाको बुद्धशान्ति– १ मा रहेको उनको घर सामान्य अवस्थाको छ । दिदीको विवाह भइसक्यो । ठुलोबुवा र ठुलीआमाको मृत्यु भएपछि उनीहरुका छोरालाई सानैदेखि बुवाले आफ्नै सरह पालनपोषण गरेकाले सबिनका एक दाजु छन् । बुवा कुलप्रसाद अटोरिक्सा चलाउछन् अनि आमा चेलीदेवी घरायसी काम सम्हाल्छिन् ।
कृपया पूर्ण सामग्रीमा पहुँच गर्न लगइन गर्नुहोस् वा सदस्यता लिनुहोस्।
प्रकाशित: १८ माघ २०८१ १७:५२ शुक्रबार