१६ माघ २०८१ बुधबार
image/svg+xml
समाज

फिदिम नगरको कोखदेखि शोकसम्म कार्यक्रम : काजकिरिया खर्च दश हजार दिने

फिदिम नगरपालिकाले नगरबासी कसैले ज्यान गुमाए १० हजार रकम दिने नीति लिएको छ । बिपन्नसँग नगर प्रमुख कार्यक्रम कार्यान्वयनसम्बन्धी मापदण्ड २०८१ जारी गर्दै नगरपालिकाले अब नगरमा कसैको मृत्यु भए त्यस्तो सहयोग गर्ने भएको हो ।

नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने घरपरिवारका सदस्यको दुर्घटना वा कालगतिले मृत्यु भए निजको परिवारको सदस्य वा हकवालालाई काजकिरिया अवधिमै प्रतिमृतक १० हजार रुपैयाँ मृत्यु संस्कार खर्च उपलब्ध गराउन लागिएको हो । फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्‌लेले भने, 'कसैले स्वईछिक रुपमा लिन नमानेमा बाध्यकारी हैन । तर बिपन्न परिवारका लागि सहयोग हुने देखेर नै यस्तो नीति अवलम्बन गरेका हौं ।'

नगरपालिकाले मृत्यु दर्ताको क्रम थप प्रभावकारी बनाउन पनि यस्तो कार्यक्रम तयार पारेको जनाएको छ । अघिल्ला वर्षको तथ्याङ हेर्ने हो भने फिदिम नगरपालिकामा मात्रै वार्षिक २ सय जनाको मृत्यु हुने गरेको छ ।

बिपन्नसँग नगर प्रमुख कार्यक्रम कार्यान्वयनसम्बन्धी मापदण्ड २०८१ जारी गरेपछि नगरपालिकामा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिईएको हो । कार्यक्रममा नगरपालिकाभित्र एम्बुलेन्स सेवा निःशुल्क गरिएको बारे समेत जानकारी दिईयो । नगरले अबदेखि तीन समूहका नागरिकलाई जिल्ला अस्पतालसम्म ल्याउने र घरसम्म पुर्याउने एम्बुलेन्स खर्च निःशुल्क गरिदिने भएको छ ।

नगरपालिकाको कोखदेखी शोकसम्म कार्यक्रम अन्तर्गत गर्भवती, ७५ वर्ष माथिका नागरिक र क वर्गको अपाङ्गता परिचयपत्र बाहक नागरिकका लागि नगरपालिकामा एम्बुलेन्स सेवा निःशुल्क भएको छ ।

नगर बाहेकका नागरिकका लागि पनि १० प्रतिशत छुटमा त्यो सेवा लिन सकिने नगरपालिकाले जनाएको छ । सेवा लिन चाहनेले नजिकको स्वास्थ्य संस्थाको सिफारिस भने ल्याउनु पर्नेछ ।

कार्यक्रममा दिईएको जानकारी अनुसार नगर क्षेत्र भित्र हुने सांस्कृतिक कार्यक्रम तथा मेलामहोत्सवमा गरिने सहयोगको प्रभावकारिताका लागि प्रबर्द्धन लागि थप कडाई गरेको छ । ३ लाख भन्दा बढी आर्थिक सहयोग गरिएको अवस्थामा मुख्य प्रबर्धक र सो भन्दा कमको सहयोगमा प्रवर्धक राखिनु पर्ने भएको छ । यस्ले अवस्यक कार्यक्रमको प्रबर्धन र नियमनमा काम गर्ने नगरको तयारी छ ।

प्रकाशित: १४ माघ २०८१ १९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App