दार्चुला सदरमुकाम खलङ्गा जोड्ने महाकाली लोकमार्गअन्तर्गत महाकाली नगरपालिका–५ मा स्काभेटर दुर्घटनामा परी घाइते भएका चालक रेशम बुढामगरको नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।
चालक बुढामगरलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि कैलालीको धनगढी लगिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। उनको खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको जिल्ला अस्पतालले जनाएको छ ।
सडक विस्तार गर्ने क्रममा सुक्खा पहिरो खस्दा चालक बुढामगर घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी लगिएको हो ।
प्रकाशित: ११ माघ २०८१ १६:४७ शुक्रबार