नागरिक एपले राष्ट्रिय परिचयपत्रलाई समावेश गरेको छ।
एपको हालैको अपडेटसँगै राष्ट्रिय परिचयपत्र लिङ्क गर्ने सुविधा उपलब्ध गराइएको हो। यो सुविधाले एपलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नयाँ संस्करणमा राष्ट्रिय परिचयपत्र (एनआईडी) लिङ्क गर्ने फिचर थप गरिएको छ।
राष्ट्रिय परिचयपत्र लिङ्क गरेपछि नागरिक एपमा प्रमाणीकृत डेमोग्राफिक विवरण, फोटोजस्ता व्यक्तिगत विवरण सहजै हेर्न सकिनेछ। यसले नागरिक एपमार्फत केवाईसी अपडेट गर्न र व्यक्तिको प्रमाणीकरण प्रक्रिया सरल बनाउने विश्वास गरिएको छ।
बैंक खाता खोल्न नागरिक एपको प्रयोग हुने भएकाले राष्ट्रिय परिचयपत्रको समावेशले ठगी तथा स्क्याम जस्ता गतिविधिहरूलाई रोक्न थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्यमा एपमा राष्ट्रिय परिचयपत्र समावेश भएको हो।
प्रकाशित: ८ माघ २०८१ १९:०१ मंगलबार