१० पुस २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा भोलिदेखि ‘मह उत्सव’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने भएको छ।

परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ।

परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ।

आर्थिक वर्ष २०७५/७६देखि  चितवनमा मौरीजोन  स्थापना भएको हो। नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताए। चितवनमा गत वर्ष आठ सय मेट्रिकटन मह उत्पादन भएको थियो।

प्रकाशित: १० पुस २०८१ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App