स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेस र नेकपा एमाले समिकरणमा संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको बताए। उनले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न नसके अर्को बलियो र फरक परिस्थितिको अनुमान गर्न सक्ने अवस्था नभएको बताए।
उनले दुई ठूला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्नसक्छ भन्ने आशा गर्नसक्ने स्थिति नभएको बताए। दुई ठूला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण भएको उनले बताए। उनले एकिकृत स्वरुप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गरे।
उनले भने,‘ नेपाली काँग्रेस र नेकपा एमाले समिकरणमा सरकार बनेको छ । संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको छ । यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न सकेन भने अब यो भन्दा बलियो र फरक परिस्थितिको अनुमान गर्नसक्ने त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिति हुन सक्दैन । त्यसैले सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु हो । एकिकृत स्वरुप निर्माण भएपछि निर्वाचित कमिटिले भेलिभर गर्नुपर्छ । नगर्ने छुट हुँदैन । वर्तमान सरकार पनि असफल हुन्छ भने अन्य कसले गर्न सक्छ रु कोबाट अपेक्षा गर्न सकिन्छ । सरकारको जस्तै अहिले पत्रकार महासंघमा पनि परिस्थिति बनेको छ । चुनौती पूर्ण सफलता प्राप्त भएको छ । त्यही अनुसार अघि बढ्नुपर्छ । पत्रकार महासंघको वर्तमान नेतृत्वले पत्रकारको पेशागत,मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी छ।’
प्रकाशित: १० पुस २०८१ १८:२३ बुधबार