भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार उक कार्यक्रमबीच प्रधान सेनापति सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।
नेपाल-भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ ।
प्रधान सेनापति सिग्देलले बिहीबार नै भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गरेका थिए । प्रधान सेनापति सिग्देलले स्थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेको ज नसम्पर्क तथा सूचना निर्देशनालय, जंङ्गी अड्डातले जनाएको छ ।
प्रकाशित: २७ मंसिर २०८१ १९:२१ बिहीबार