१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सुनको सिक्री लुट्ने दुईजना पक्राउ

घाँटीमा लगाइराखेको दुई तोलाको सुनको सिक्री लुटेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिक्री लुटेर गरी फरार रहेको अभियोगमा प्रहरीले धादिङ धुनिवेशी घर भइ काठमाडौंको नागार्जुन नगरपालिका बस्ने ४२ वर्षका गोरे तामाङ र काठमाडौं महानगरपालिका बिजेश्वरीका ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

बा ९६ प ५७१७ नम्बरको अप्पाची मोटरसाइकलमा आएका उनीहरुले घर नजिकै बसिरहेको अवस्थामा टौखेलकी ७२ वर्षीया मैया बुढाथोकीले लगाइराखेको २ तोलाको सुनको सित्री थुतेर लगेका थिए।

प्रहरीले उक्त सिक्री र मोटरसाइकल बरामद गरेको छ। तामाङ सिक्री लुट्ने र श्रेष्ठ मोटरसाइकल चलाउने भएको बताएको छ। 

प्रकाशित: २३ मंसिर २०८१ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App