१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

गढीमाई मेलामा उच्च पदस्थ व्यक्तिहरूको लर्को, सुरक्षा व्यवस्थामा चुनौती

बारा महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिर क्षेत्रमा अहिले देशका उच्च पदस्थ व्यक्तिहरूको लर्को लागेको छ। मंसिर १ गतेदेखि सुरु भएको गढीमाई पञ्चवर्षीय मेला हेर्न र मन्दिरमा पूजापाठ गर्न एक हप्ता देखि उच्च पदस्थ व्यक्तिहरूले मन्दिर क्षेत्रको यात्रा गरिरहेका छन्।  

उच्च पदस्थ व्यक्तिहरू मन्दिरमा पूजापाठ गर्न र मेलामा सहभागी हुन दिनहुँ आउने क्रममा सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ।  

उपराष्ट्रपति रामसहाय यादव, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कालगायत प्रमुख नेताहरू गढीमाई मन्दिरमा पूजा अर्चना गर्न र पञ्चवर्षीय मेला अवलोकन गर्न पुगेका छन्।  

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार, उच्च पदस्थ व्यक्तिहरू दैनिक रुपमा मन्दिरमा पूजापाठ गर्न र मेलाको अवस्था बुझ्न आउँदैछन्। उनले भने, “४–५ दिनको अन्तरालमा उपराष्ट्रपति, उपप्रधानमन्त्री, गृहमन्त्रीलगायत प्रमुख व्यक्तिहरूले मन्दिरको भ्रमण गरेका छन् र मेलाको अवस्थाबारे जानकारी लिएका छन्।”

अधिकारीका अनुसार गढीमाई मन्दिरमा सुरक्षा व्यवस्थापनका लागि २ हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ। मेलाको विशेष पूजा मंसिर २३ र २४ गते हुनेछ। मनोकामना पूरा भएका श्रद्धालुहरूले राँगा, बोका, कुखुरा, हास र परेवाको बलि चढाउने परम्परा रहेको छ। 

प्रकाशित: २१ मंसिर २०८१ १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App