१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

पाल्पामा सुन्तला महोत्सव हुँदै

जिल्लामा सुन्तलाखेती प्रवर्द्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ।

महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले पाँच लाखका दरले १० लाख रूपैयाँ प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले बताए।

महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उनले बताए।सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिनेछ। महोत्सव रैनादेवी छहरा गाउँपालिका–५ कनौजेपानी खेलमैदानमा हुनेछ।

गत वर्ष पनि रिब्दीकोट गाउँपालिकाको आयोजनामा  सुन्तला महोत्सव भएको थियो। महोत्सवमा कृषि उपज, कागती, अमिलो, जुनार, मुन्तला पनि समावेश गरिने उनले बताए।

रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। उनीहरूले गत वर्ष  ४६ करोड रूपैयाँको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ।  

प्रकाशित: २० मंसिर २०८१ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App